Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बीच भेटवार्ता


काठमाडौ : माननीय सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको थियाे।

पहिलो, काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयर बीच छलफल भएको छ। अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको छ।

देस्रो, त्यसलाई व्यवस्थित गर्नलाइ कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ। माननिय मन्त्री ज्यूले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नु भएको छ। त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवीस्थत गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको थियाे।
जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा छलफल भएको छ। यसरी राज्यको मातहतमा नअएको कर पनि संकलन गर्न सकिने कुरा भयो।

साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा छलफल भएको छ। र उहाँहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको छ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?