Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बीच भेटवार्ता


काठमाडौ : माननीय सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको थियाे।

पहिलो, काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयर बीच छलफल भएको छ। अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको छ।

देस्रो, त्यसलाई व्यवस्थित गर्नलाइ कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ। माननिय मन्त्री ज्यूले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नु भएको छ। त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवीस्थत गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको थियाे।
जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा छलफल भएको छ। यसरी राज्यको मातहतमा नअएको कर पनि संकलन गर्न सकिने कुरा भयो।

साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा छलफल भएको छ। र उहाँहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको छ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?