Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

यस्तो बन्यो धरहरा (फोटो फिचर)


काठमाडौंः धरहरा नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथिको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो।

धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो।

प्रधानमन्त्रि केपि ओलिद्वारा वि.स. २०७८ वैशाख ११ गते पुनःनिर्मित धरहराको उद्घाटन गर्नुभएको छ। कुल ३ अर्व ४८ करोडको लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको पुनःनिर्माण सम्पन्न गरेको हो। उद्घाटन हुनुको बाबजुत २०८० सम्म पनि सर्ब साधरण जानको लागि यो स्तम्भ तयार भैसकेको छैन । यसरी जानै नमील्ने संरचनाको बर्षाै अगाडी भएको उद्घाटनमाथि प्रश्न उठ्ने गरेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?