Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

यस्तो बन्यो धरहरा (फोटो फिचर)


काठमाडौंः धरहरा नेपालको राजधानी काठमाडौँको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यसमा ११ तल्ला थियो यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथिको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो।

धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएका थिए। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो।

प्रधानमन्त्रि केपि ओलिद्वारा वि.स. २०७८ वैशाख ११ गते पुनःनिर्मित धरहराको उद्घाटन गर्नुभएको छ। कुल ३ अर्व ४८ करोडको लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहराको पुनःनिर्माण सम्पन्न गरेको हो। उद्घाटन हुनुको बाबजुत २०८० सम्म पनि सर्ब साधरण जानको लागि यो स्तम्भ तयार भैसकेको छैन । यसरी जानै नमील्ने संरचनाको बर्षाै अगाडी भएको उद्घाटनमाथि प्रश्न उठ्ने गरेको छ ।


प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?