Trending
>>   नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा >>   दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा >>   पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा >>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन्
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्र प्रस्तुत


काठमाडौं । विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ । ती शोधपत्रमध्ये १२ वटा विदेशी विज्ञहरुले प्रस्तुत गर्नुभएको चट्याङविद् प्रा.डा. श्रीराम शर्माले बताए । सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् । आज जलवायु परिवर्तन र यसले पारेको असरका साथै त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य परिस्थिति र चट्याङबाट हुने क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल भएको पनि उनको भनाइ रहेको छ । यस्तै चट्याङको पूर्वसूचना प्रणालीका विषयसमेतमा प्रस्तुत सोधपत्रमाथि पनि छलफल भएको छ । ललितपुरको पुल्चोकमा जारी सम्मेलनमा करिब १०० प्रतिनिधिको सहभागिता छ । हिजोदेखि सुरु तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका विज्ञहरुको सहभागिता छ । यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भइरहेको छ । मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा. शर्माले जानकारी दिए ।

चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिमयुक्त मुलकमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने पनि उनले बताए । औषत वार्षिक १०० जनाले चट्याङमा ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको पाइन्छ । बुधबार सम्मेलन उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले चट्याङजस्तो जटिल विषयमा नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिकको सहभागितामा सम्मेलन हुुनु महत्वपूर्ण भएको बताएका थिए । सम्मेलन सफलताका लागि कामना गर्दै उनले मन्त्रालयबाट हुने आवश्यक साथ सहयोग र योजना निर्माणलाई प्राथमिकता दिइने पनि उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?