Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलोे’ वितरण


झापा । वातावरण संरक्षण केन्द्र इपिसी नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलोे’ वितरण गरेको छ । इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका आठ वटा वडामा हालै पाँच हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलोे वितरण गरिसकेको बताए । खुला बजारमा रु पाँच हजार मूल्य पर्ने उक्त चुलोे विपन्न तथा श्रमिक परिवारलाई ढुवानी खर्चबापत रु दुई सय मात्र लिएर वितरण गरिरहेको उनले जानकारी दिए । विद्युत् र दाउरा दुवै प्रयोग हुने सुधारिएको चुलोे सिङ्गापुरको भिएनभी एडभाइजरी नामक दातृ संस्थाको सहयोगमा वितरण गरिएको हो । हाल झापा, उदयपुर धनुषा, सिरहा, सप्तरीलगायतका जिल्लामा यो परियोजना सञ्चालन भइरहेको छ । थोरै दाउराले धेरै ऊर्जा दिने गरी चुलोेको ‘डिजाइन’ गरिएको र यसको प्रयोगबाट खाना पकाउने एलपी ग्यासको निर्भरता हट्ने संयोजक मेचेले बताए । वातावरण प्रदूषण न्यूनीकरणमा समेत यो प्रविधिको चुलोेले सघाउ पुग्ने भएको छ । मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले वडा कार्यालयले स्थानीय चिया मजदुर र विपन्न परिवारको पहिचान गरेर इपिसीबाट प्राप्त पाँच सय चुलोे वितरण गरिसकेको र अरु माग भइरहेको बताए । दातृ संस्था इपिसीले चुलोेको पाँच वर्षको ग्यारेन्टी दिएको र बिजुलीबाट चल्ने पङ्खा र एडप्टर बिग्रिए फेरिदिने प्रतिबद्धता जनाएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

चुलोेको कुनै पनि सामान नफाल्न आग्रह गर्दै इपिसीले पुरानो चुलोेको साटो नयाँ दिने जनाएको छ । चिया, यातायात, प्लाइउड र कृषि श्रमिकको ठूलो सङ्ख्या रहेको मेचीनगर नगरपालिकामा २५ हजार चुलोे वितरण गर्ने लक्ष्य लिइएको इपिसीका झापा संयोजक अमर मेचेले जानकारी दिए । चुलोे पाउने परिवारको निष्पक्ष छनोट र वितरणका लागि इपिसीले नगरपालिका र वडा कार्यालयसँग सहकार्य गरिरहेको छ ।  मेचीनगरको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १५ मा चुलोे वितरण भइसकेको छ र पहिलो चरणमा निम्न वर्गीय परिवारलाई सुधारिएको चुलोे वितरण गर्ने र दोस्रो चरणमा मध्यम वर्गका उपभोक्ताका लागि विद्युतीय इन्डक्सन चुलोे वितरण गरिने संस्थाको योजना रहेको मेचेले बताए । झापाको मेचीनगरपछि बुद्धशान्ति गाउँपालिकाको वडा नं ४ र ५ स्थित सुकुम्बासी बस्ती तथा इलाम जिल्लाको दक्षिणी बस्तीमा यस्तै चुलोे वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?