Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओमा आवेदन बन्द हुँदै


काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर आईपीओ मा आवेदन बन्द गरेको छ । १४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा उद्योग प्रभावित दाङ र रोल्पाका स्थानीयले नकिनेको सेयर समेत थप गरी सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो ।

कम्पनीको आईपीओमा १७ असोजसम्म मात्रै आवेदन दिने म्याद भए पनि १६ असोज साँझसम्म करिब ८५ लाख कित्ता सेयरको लागि मात्रै आवेदन परेपछि १७ असोजमा सूचना प्रकाशित गर्दै २८ असोजसम्म म्याद थप गरेको थियो । तर, १७ असोज साँझसम्म मागभन्दा बढी आवेदन परेपछि कम्पनीले १८ असोज बिहीबार ५ बजेपछि आईपीओमा आवेदन बन्द गर्ने सूचना प्रकाशित गरेको छ । बिहीबार बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १० लाख ३४ हजार २५३ जना आवेदकले १ करोड ३८ लाख २७ हजार ७५० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

 


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?