Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

मागभन्दा बढी आवेदन परेपछि सोनापुर सिमेन्टको आईपीओमा आवेदन बन्द हुँदै


काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयर आईपीओ मा आवेदन बन्द गरेको छ । १४ असोजदेखि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम सहित ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरमा उद्योग प्रभावित दाङ र रोल्पाका स्थानीयले नकिनेको सेयर समेत थप गरी सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो ।

कम्पनीको आईपीओमा १७ असोजसम्म मात्रै आवेदन दिने म्याद भए पनि १६ असोज साँझसम्म करिब ८५ लाख कित्ता सेयरको लागि मात्रै आवेदन परेपछि १७ असोजमा सूचना प्रकाशित गर्दै २८ असोजसम्म म्याद थप गरेको थियो । तर, १७ असोज साँझसम्म मागभन्दा बढी आवेदन परेपछि कम्पनीले १८ असोज बिहीबार ५ बजेपछि आईपीओमा आवेदन बन्द गर्ने सूचना प्रकाशित गरेको छ । बिहीबार बिहान १० बजेसम्म कम्पनीको आईपीओमा १० लाख ३४ हजार २५३ जना आवेदकले १ करोड ३८ लाख २७ हजार ७५० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

 


प्रकाशित मिति: १८ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?