Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई


म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रजत, आठ कास्य पदक हात पार्दै बेनी प्रथम हुन सफल भएको हो । त्यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, सात रजत र तीन कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र पाँच स्वर्ण, तीन रजत र चार कास्य पदकसहित मङ्गला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकालाई क्रमशः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । लगातार तीनपटक नै विजेता बन्न सफल बेनीले रनिङ शिल्ड नै राखेकोे छ । प्रतियोगितामा जिल्लाका छ पालिकामा सम्पन्न विद्यालय तहस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पदक विजेता खेलाडी र उपाधि विजेता पालिकालाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ ४८ पदकमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा एथेलटिक्सतर्फ चार स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मङ्गला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ८८ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?