Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई


म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रजत, आठ कास्य पदक हात पार्दै बेनी प्रथम हुन सफल भएको हो । त्यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, सात रजत र तीन कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र पाँच स्वर्ण, तीन रजत र चार कास्य पदकसहित मङ्गला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकालाई क्रमशः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । लगातार तीनपटक नै विजेता बन्न सफल बेनीले रनिङ शिल्ड नै राखेकोे छ । प्रतियोगितामा जिल्लाका छ पालिकामा सम्पन्न विद्यालय तहस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पदक विजेता खेलाडी र उपाधि विजेता पालिकालाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ ४८ पदकमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा एथेलटिक्सतर्फ चार स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मङ्गला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ८८ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?