Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

भरतपुरमा बिरुवा उखालेर फाल्ने महिला पक्राउ


१६ ,असोज ,भरतपुर (चितवन) । भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् ।

भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उनले बताए ।

उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो ।


प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?