Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

पानीको बहाव घटेसँगै सतीघाटमा सञ्चालित फेरी सञ्चालनमा


१५ ,असोज ,टक्सार (भोजपुर) । भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा सञ्चालित फेरी पुनः सञ्चालन भएको छ ।

भोजपुर उत्तर षडानन्द नगरपालिका–६ र सङ्खुवासभाको खाँदबारी नगरपालिका– ९ को सिमानामा पर्ने अरुण नदीको सतीघाटमा सञ्चालित फेरी पुनः सञ्चालन भएको हो ।

अरुण नदीमा पानीको बहाव कम भएसँगै बन्द रहेको फेरी पुनः सुरु भएको षडानन्दका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारीले बताए । उनले भने, “नदीमा पानीको बहाव बढेका कारण सेवा बन्द भएको थियो, तर अहिले पानीको सतह कम भएकाले पुनः सञ्चालनमा आएको हो ।”

फेरी बन्द भएपछि जिल्लाको उत्तरी क्षेत्रबाट तराईका जिल्लाहरुमा आवतजावत गर्न त्यस क्षेत्रका नागरिकलाई समस्या हुँदै आइरहेको थियो । गत जेठबाट अरुण नदीमा सञ्चालित फेरी बन्द भएको थियो ।

फेरी बन्द भएका कारण तराईका जिल्लासम्म सहजरुपमा यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको स्थानीय सौगात गौतमले बताए । उनले भने, “दसै लगायतका चाडपर्व नजिक रहेको अवस्थामा फेरी पुनः सञ्चालनमा आएको छ, यसले सहजता कायम गरेको छ ।”

अरुण नदीको बहाव पूरै नघटुन्जेलका लागि अहिले हलुका सवारी साधनमात्र फेरीमार्फत आवतजावत गरिने षडानन्द नगरपालिकाले जनाएको छ । नदीमा पक्की पुल बन्न नसक्दा पानीको बहाव बढेपछि फेरी सेवासमेत बन्द हुने अवस्था छ ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?