Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार


काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन् । नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो । सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छिन् । यस्तै १९५९ मा अमेरिकाको लेक्जिङटनमा जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन् ।

कोरोना महामारीका कारण विश्वमा झण्डै ७० लाख बढी मानिसहरूको मृत्यु भएको थियो । वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए, जसमामध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?