Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

एमाले कर्णालीको मतगणना स्थलमा तोडफोड


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएपछि शाही पक्षधरले सिटीहमा तोडफोड गरेका छन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् । सत्य शाही अनाधिकृत व्यक्ति रहेको र जवरजस्त मतगणना स्थलमा घुस्न खाजेपछि प्रहरीले नियन्त्रमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

‘विद्यार्थी नेता सत्य शाही अनाधिकृत व्यक्ति मतगणनास्थलमा घुस्न खोजेपछि सामान्य विवाद भएको थियो । उनलाई हामीले नियन्त्रणमा लिई सम्झाइ बुझाइ गरेर छोडेका छौं,’ डीएसपी शाहीले भने । मतदानमा ६०९ मत खसेकोमा गणना गर्दा ६०५ मात्रै भेटिएपछि अनेरास्ववियुका नेता शाहीले बिरोध गरेका थिए । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । सुरक्षाव्यवस्था कडा पारिएको र मतगणना जारी रहेको डीएसपी शाहीले बताए ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?