Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

स्थानीय तहका कर्मचारीलाई निजामतिभित्रै समेट्न माग गर्दै कर्मचारी सडक आन्दोलनमा


काठमाडौं । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन गर्न दबाब दिँदै स्थानीय तहका कर्मचारीले पनि आन्दोलन थालेका छन् । सोमबार माइतीघर मण्डलामा धर्ना दिँदै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलन सुरु गरेको हो । उनीहरुले निजामतिको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै हुने व्यवस्था लागु गर्नुपर्नेसहित स्थानीय सेवाबाट प्रदेश र संघीय निजामति सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग समेत राखेर काठमाडौं केन्द्रित आन्दोलन गर्न सुरु भएको हो । सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि उनीहरुको छ ।

स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरत सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने माग उनी स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?