Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण


काठमाडौं । सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ । ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै रहेको छ । अहिले अवस्था पनि त्यस्तै भइरहेको छ । यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उनले बताए । यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उनले बताए । पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ ।

त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ । जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत बताउछन् ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?