Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नियामकको माइक्रोम्यानेजमेन्टले सेयर बजार प्रभावित भएको छ : अर्थमन्त्री


काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरे । उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको बताए । लगानीका नयाँ-नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’ नेपालमा सेयर बजारको जानकारी सीमित लगानीकर्तामा रहेको भन्दै उनले उनीहरूले खेल्ने र कमाउने तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा रहेको बताए । नियामकको केही माइक्रोम्यानेजमेन्टले पनि बजार प्रभावित भएको बताउँदै उनले त्यसमा केही निर्णय आउने अपेक्षा गरेको बताए । साना लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने र सही सूचना दिन जरूरी भएको समेत बताए ।

कार्यक्रम स्वागत मनतव्य राख्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा वित्तीय साक्षरता २० प्रतिशतभन्दा कम मात्रै रहेको जानकारी गराए । विश्व लगानीकर्ता सप्ताहको अवसरमा एक साता लगानीकर्ता सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन हुने उनले बताए । लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआई बेस च्याटबट सुरू भएको जानकारी गराउँदै उनले यसमा लगानीकर्ताको गुनासो संकलन गर्ने र त्यसको सुनुवाइ गर्ने बताए । यसलाई छिटै पूर्णभर्सन सहित नेपाली माध्यममा पनि ल्याउने उनले बताए । वित्तीय साक्षरताका लागि एफएनसीसीआईसँग सम्झौता गरेर देशभर कार्यक्रम सञ्चालन गर्ने बताए । यस्तै उनले प्राइभेट इक्विटी एसोसिएसनसँग सम्झौता गर्ने बताउदै विशिष्टिकृत लगानी कोषको इजाजतपछि ३० अर्ब ५० करोडको कोष खडा भइसकेको समेत जानकारी दिए । लगानीकर्ता संरक्षणको लागि धितोपत्र बोर्ड स्वतन्त्र सञ्चालकको प्रोटोकल तयार गर्न लागेको र वाषिर्क रिपोर्टिङ स्ट्यान्डर्ड यही सन् २०२३ भित्रै लागू हुने उनले बताए ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?