Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा


नुवाकोटको ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ । माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोगको पहिचान भएकोे फार्मका पन्छीजन्य सामग्री सबै नष्ट गरिएको र आसपासको क्षेत्रमा लगातार गरिएको निगरानीबाट रोग नियन्त्रणमा आएको हो । “ककनी गाउँपालिका र विज्ञ केन्द्रको प्राविधिक टोलीले रोगको पहिचान भएका तथा शङ्कास्पद फार्मलाई नियन्त्रणमा लिएर थप फैलनबाट रोक्न गरिएको प्रयास सफल भएको छ”, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “रोग नियन्त्रणमा आएको छ भने आसपासको फार्म तथा घरमा पालन गरिएका पन्छीहरू पनि सुरक्षित देखिएको छ ।”

रोग फैलिएको क्षेत्रमा सघन निगरानी र आवश्यकताअनुसार नियन्त्रणको विधि अपनाएको, बाहिरबाट पन्छीजन्य सामग्रीको आवतजावतमा गरिएको कडाइ सहज बनाइएको छ । ठूलोखोला क्षेत्रसहित जिल्लाको अन्य स्थानमा बर्डफ्लू रोगको सङ्क्रमणको जोखिम तत्कालका लागि पूर्ण रुपमा सुरक्षित बनेको केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?