Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा


नुवाकोटको ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ । माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार रोगको पहिचान भएकोे फार्मका पन्छीजन्य सामग्री सबै नष्ट गरिएको र आसपासको क्षेत्रमा लगातार गरिएको निगरानीबाट रोग नियन्त्रणमा आएको हो । “ककनी गाउँपालिका र विज्ञ केन्द्रको प्राविधिक टोलीले रोगको पहिचान भएका तथा शङ्कास्पद फार्मलाई नियन्त्रणमा लिएर थप फैलनबाट रोक्न गरिएको प्रयास सफल भएको छ”, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “रोग नियन्त्रणमा आएको छ भने आसपासको फार्म तथा घरमा पालन गरिएका पन्छीहरू पनि सुरक्षित देखिएको छ ।”

रोग फैलिएको क्षेत्रमा सघन निगरानी र आवश्यकताअनुसार नियन्त्रणको विधि अपनाएको, बाहिरबाट पन्छीजन्य सामग्रीको आवतजावतमा गरिएको कडाइ सहज बनाइएको छ । ठूलोखोला क्षेत्रसहित जिल्लाको अन्य स्थानमा बर्डफ्लू रोगको सङ्क्रमणको जोखिम तत्कालका लागि पूर्ण रुपमा सुरक्षित बनेको केन्द्रले जनाएको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?