Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सेयर बजारमा भारी गिरावट


काठमाडौं । सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो । आइतबार सबै उपसूचकहरु पनि घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २.१७ प्रतिशले गिरावट भएको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।

नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आइतबार ८२ हजार ८०० वटा कारोबारमा ६७ लाख २३ हजार ४०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८३ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये सिटिजन्स लाइफको सर्वाधिक १४ करोड ७४ लाखको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको सिटिजन्स लाइफमा आईपीओ परेका लगानीकर्ताको सेयर बिक्रीको चाप देखिएको हो । यस्तै एनआईसी एशिया बैंकको ९ करोड ३६ लाख र सन् नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २२० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीका सेयरमूलय स्थिर छ ।

आइतबार कारोबार भएकामध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मम सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ६.०५ प्रतिशतले बढेको छ । यता सनराइज म्युचुअल फण्डको इकाइमूल्य सहित अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरीङ हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै मेन्छियाम हाइड्रोपावर कम्पनीका सेयरमूल्य पनि ९.९७ प्रतिशतले गिरावट भएर बन्द भएको छ । नेप्सेमा सूचीकृत भई आइतबार प्रि-ओपन सेसनमा ५०८ रुपैयाँमा पहिलो कारोबार भएको सिटिजन्स लाइफमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।


प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?