Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो


काठमाडौं।आगलागीमा परेर सिकिस्त भएका अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ काेसेडीका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयकाे पहलमा थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका वडा नं.-८ काेसेडी निवासी वर्ष २१ का हिमराज राेका मगर र वर्ष १९ का पिरम राेकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएकाे थियाे।

घाइतेमध्ये हिमराज राेका मगरकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे छ भने पिरम राेकामगरकाे ३६ प्रतिशत जलेकाे छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाकाे संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयकाे समन्वयमा नेपाली सेनाकाे हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएकाे हाे।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?