Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

प्रधानमन्त्रीको पहलमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो


काठमाडौं।आगलागीमा परेर सिकिस्त भएका अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ काेसेडीका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयकाे पहलमा थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका वडा नं.-८ काेसेडी निवासी वर्ष २१ का हिमराज राेका मगर र वर्ष १९ का पिरम राेकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएकाे थियाे।

घाइतेमध्ये हिमराज राेका मगरकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे छ भने पिरम राेकामगरकाे ३६ प्रतिशत जलेकाे छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाकाे संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयकाे समन्वयमा नेपाली सेनाकाे हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएकाे हाे।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?