Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

आज मिति २०८० साल असोज १३ गते शनिवार,हेर्नुहोस् आजको राशिफल


आज मिति २०८० साल असोज १३ गते शनिवार ( sep 30, 2023 ) प्रतिपदा, आश्विन कृष्णपक्ष

नेपाल सम्बत : ११४३
सुर्योदय बिहान : ०५:५६ बजे
सुर्यास्त साझ : १७ :५० बजे

नक्षत्र : रेवती ००:०५ बजेसम्म, त्यसपछी अश्विनी
योग : ध्रुव २०:०१ बजेसम्म, त्यसपछी व्याघात
करण : कौलव १३:५९ बजेसम्म, त्यसपछी तैतिल ०१:२३ बजेसम्म, त्यसपछी गर

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउनु पर्नेछ ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेकोछ ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लामो दुरिको वैदेशिक यात्राको तय गर्न सकिनेछ भने विदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन्। व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउन सकिनेछ । अध्ययनमा मन सुधार हुदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य सबल हुनाले उपलव्धी मुलक कामहरु गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरीएको लगानीबाट भनजस्तो नतिजा आउने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगती गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दिदि बहिनीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

पति पत्नीका साथ रमाईलो व्यावसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउदै नयाँ कामको थालनी गर्न सकिनेछ ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपूर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साहसिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ


प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?