Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

सार्वजनिक र पशु स्वास्थ्यसम्बन्धी छलफलमा नेपाल र भारतका विज्ञ


काठमाडौं । पशुबाट मानव तथा मानवबाट पशुमा सर्ने विभिन्न रोगका सम्बन्धमा भइरहेको अनुसन्धान र नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रका विज्ञले छलफल थालेका छन् । नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ एशोसिययको संयुक्त आयोजनामा आजदेखि राजधानीमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य, पशुस्वाथ्यलगायत क्षेत्रमा भइरहेका अनुसन्धान, त्यसले ल्याएको नतिजा, आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपालका अध्यक्ष डा. मुकुल उपाध्यायले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका करिब एक सय ५० विज्ञको सहभागिता छ । सम्मेलनका क्रममा ५० भन्दाबढी कार्यपत्र प्रस्तुत हुनेछ । छलफलको निष्कर्ष नेपाल र भारतका सरकारलाई बुझाउने डा. उपाध्यायाको भनाइ छ । राष्ट्रिय भेटेरिनरी सेवालाई सवलीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए । सम्मेलनका क्रममा दक्षिण एसिया क्षेत्रमा पशुबाट मानवमा सर्ने रोग, त्यसको नियन्त्रण तथा त्यस्ता रोगका सम्बन्धमा भएका अनुसन्धानलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, डिन, उपकुलपतिलगायतको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्यसुरक्षालगायत क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । जुनेटिक जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोग र अन्य सङ्क्रामक रोगको नियन्त्रण तथा खाद्य सुरक्षामा जनस्वास्थ्य र पशुचिकित्सा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले जनस्वास्थ्य क्षेत्रलाई सबल बनाउन सरकार गम्भीर रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले भेटेरिनरी क्षेत्रको अध्ययन अनुसन्धानमा सक्रिय व्यक्तित्वलाई सम्मान गरेका थिए ।

 


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?