Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

यो साता सुनको मूल्यमा गिरावट


काठमाडौं । बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो । आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति दस ग्राम तीन हजार नौ सय १५ ले कम होे । नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मूल्य अन्य सबै दिन ओरालो लागेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन प्रतिदस ग्राम एक हजार दुई सय २६ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतिदस ग्राम एक हजार तीन सय ९५ मा झरेको छ । यो साता विश्व बजारमा सुनको मूल्यमा कमी आएको छ । अमेरिकी बजारमा सुनको बिक्री बढ्नाका साथै अमेरिकी डलर मजबुत बनेकाले मूल्यमा उच्च गिरावट आएको हो । विश्व बजारमा कच्चा तेलको मूल्यमा समेत कमी आएकाले त्यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मूल्यमा कमी आएको बताइएको छ ।

अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको असरस्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीले नेपाली बजारमा समेत मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।


प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?