Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

बर्दियाको बुर्तिया नाका खोल्न माग


नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दियाको बुर्तिया नाका खोल्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल र भारतबीच विगतमा भएको वाणिज्य सन्धिअनुसार उक्त नाका खोल्ने सम्झौता भए पनि अझैसम्म नाका नखोलिएको भन्दै त्यसका निम्ति पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गौतमले राजस्व उठ्ने ठाउँमा पनि सरकारले भन्सारको व्यवस्था नगर्दा राजस्वमा प्रत्यक्ष असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बर्दियामा राष्ट्रिय निकुञ्ज रहेको छ र थुप्रै बासिन्दा बसोबास गर्ने गरेका छन् । विभिन्न सयौँ प्रजातिका वन्यजन्तु छन् र बाघ र गैँडाको सङ्ख्या बढ्दै छ, हात्तीको आवतजावत बढ्दो छ । जनताले मानव र वन्यजन्तुको द्वन्द्वका कारण त्यहाँ गुरुयोजना बनाएर समस्या समाधान गर्न जरुरी छ ।”

नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले लामो समयदेखि रहिआएको अव्यवस्थित बसोबासीको समस्यालाई छिटो समाधान गरी उनीहरुलाई सोही स्थानमा सहज व्यवस्थापन गर्न माग गर्नुभयो । लुम्बिनी जिल्लाको रोहिणी नदीको संरक्षण गर्न माग गर्दै सांसद विश्वकर्माले यसबाट सो ठाउँका किसानले सिँचाइको सुविधा पाउने तथा पर्यटकीय विकाससमेत हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?