Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

निगमका लागि पारदर्शी ढंगले जहाज किन्छौं : मन्त्री किराती


 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने बताएका छन् ।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले जहाज किन्दा कुनै भ्रष्टाचार हुन नदिने प्रतिवद्धता समेत जनाए । ‘हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले, धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छौं । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन’, उनले भने ।

समुद्रसँग नजोडिएको देशको पर्यटनका निम्ति जहाज नै महत्वपूर्ण मेरुदण्ड हुने मन्त्री किरातीले बताए । उनले नेपाली आकाशलाई कालोसूचीबाट हटाएर पर्यटकको विश्वसनीय गन्तव्य बनाउने समेत बताएका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?