Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश


त्रिभुवन आर्मी क्लबले न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै ‘केपी ओली कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले न्यूरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । एनआरटीका लागि लाल्मिन्जामाले गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा एनआरटीका भारतीय फरवार्ड लाल्मिन्जामाले उत्कृष्ट गोल गरे । त्यसपछि खेलको दोस्रो हाफमा आर्मी आत्मघाती गोलको सहयोगमा खेलमा फर्किएको थियोे । आर्मीका लागि एनआरटि कप्तान विक्रम धिमाललाई लाग्दै गोल भएको थियो ।

आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउनेछ ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?