Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घट्योः एनपी साउद


काठमाडौं ः प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्।

‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरीका समस्याहरुलाई एक मिनेटभित्र सांसदहरुले सदन समक्ष प्रस्तुत गर्ने परम्परा छ,’ साउदले भने, ‘तर यसको बारेमा सरकारका मन्त्रीहरुले आएर जवाफ दिने नगर्नु भएको हुनाले यसको गरिमा घटेको छ।’

उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्व हुने जिकिर गर्दै संसदले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रवन्ध गर्नुपर्नेमा पनि जोड दिए।
‘प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्व हुन्छ,’ नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद साउदले भने, ‘मन्त्रीहरुलाई, सरकारलाई स्पष्ट रुपमा रुलिङ गरेर यहाँ आएर जवाफ दिने प्रबन्ध गरियोस्।’


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?