Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घट्योः एनपी साउद


काठमाडौं ः प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरु जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्।

‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरीका समस्याहरुलाई एक मिनेटभित्र सांसदहरुले सदन समक्ष प्रस्तुत गर्ने परम्परा छ,’ साउदले भने, ‘तर यसको बारेमा सरकारका मन्त्रीहरुले आएर जवाफ दिने नगर्नु भएको हुनाले यसको गरिमा घटेको छ।’

उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्व हुने जिकिर गर्दै संसदले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रवन्ध गर्नुपर्नेमा पनि जोड दिए।
‘प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्व हुन्छ,’ नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद साउदले भने, ‘मन्त्रीहरुलाई, सरकारलाई स्पष्ट रुपमा रुलिङ गरेर यहाँ आएर जवाफ दिने प्रबन्ध गरियोस्।’


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?