Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिको दर्शन गर्दै


८ असोज, जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । यस विषयमा आलोचना भएको छ ।

आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने तय गरेको छ । राष्ट्रपति जनपुरधाम आएपछि सुरक्षाव्यवस्था कडा पारिएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?