Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

चिकित्सक श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ


७ ,असोज ,त्रिशूली (नुवाकोट) । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् ।

श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको हो ।

‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र रु एक लाख जरिवानाको फैसला सुनाएको थियो ।

उनलाई आजै अदालतले कारागार चलान गरेको छ । विसं २०६७ जेठ ४ मा डा श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले विसं २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो ।

चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न संलग्नमध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?