Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

बलिउड अभिनेत्री परिणिती चोपडाले भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै


काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै छिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् । संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । जहाँ सांसद चड्डाले कालो सुट लगाए । यस क्रममा पञ्जाबी गायक नवराज हंसले ‘गोरी नाल इश्क मीता’, ‘दिल चोरी साधा हो गया’ जस्ता धेरै गीत गाए । एउटा तस्वीरमा नवराज हंस परिणिती र राघवको छेउमा उभिएर गीत गाउँदै छन् । यसै क्रममा परिणीतिले पनि डान्स गरिन् । यस अवसरमा कार्यक्रममा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलगायत धेरै अतिथि उपस्थित थिए । यसअघि शनिबार दिउँसो १ बजे ताजलेक प्यालेसमा राघवको सेहराबन्धी हुनेछ । शनिबार राति सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दुवै परिवारका जोडीले ९० को दशकको गीतमा नृत्य गरेका थिए ।

परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह – Online Khabar

संगीत समारोहमा पञ्जाबी कलाकारले पञ्जाबी ढोल बजाएका थिए । जसमा राघव र परिणितीले साथीभाइसँग मिलेर भांगडा प्रस्तुत गरे । यस विशेष अवसरमा परिणीतिले राघवका लागि एउटा गीत पनि गाएकी थिइन् । आइतबार दिउँसो सेहराबन्धीपछि चड्ढाको जन्ती टिम ताजलेक प्यालेसबाट होटलको विलासी डुंगामा निस्कनेछ । सबै डुंगालाई शाही शैलीमा सजाइएको छ । त्यसपछि दुलाहा र जन्ती सीधै लीला होटल पुग्नेछन् । विवाह होटल लीला प्यालेसको मुख्य बगैंचामा हुनेछ । पञ्जाबी र राजस्थानी शैलीमा जन्तीलाई स्वागत गरिनेछ ।

स्थानीय प्रहरीले राघवको सुरक्षाका लागि मेवाड भिल कोर बिएमसीका ११ जना सिपाही पनि तैनाथ गरेको छ । विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान पनि सहभागी हुने जनाइएको छ । करण जोहर, वरुण धवन, सानिया मिर्जा, मनिष मल्होत्रा, कपिल शर्मालगायतका कलाकार पनि उदयपुर पुगेका छन् । अभिनेत्री प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा परिणिती र राघवका लागि सन्देश सेयर गरेकी छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?