Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बलिउड अभिनेत्री परिणिती चोपडाले भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै


काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दै छिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् । संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । जहाँ सांसद चड्डाले कालो सुट लगाए । यस क्रममा पञ्जाबी गायक नवराज हंसले ‘गोरी नाल इश्क मीता’, ‘दिल चोरी साधा हो गया’ जस्ता धेरै गीत गाए । एउटा तस्वीरमा नवराज हंस परिणिती र राघवको छेउमा उभिएर गीत गाउँदै छन् । यसै क्रममा परिणीतिले पनि डान्स गरिन् । यस अवसरमा कार्यक्रममा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलगायत धेरै अतिथि उपस्थित थिए । यसअघि शनिबार दिउँसो १ बजे ताजलेक प्यालेसमा राघवको सेहराबन्धी हुनेछ । शनिबार राति सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दुवै परिवारका जोडीले ९० को दशकको गीतमा नृत्य गरेका थिए ।

परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह – Online Khabar

संगीत समारोहमा पञ्जाबी कलाकारले पञ्जाबी ढोल बजाएका थिए । जसमा राघव र परिणितीले साथीभाइसँग मिलेर भांगडा प्रस्तुत गरे । यस विशेष अवसरमा परिणीतिले राघवका लागि एउटा गीत पनि गाएकी थिइन् । आइतबार दिउँसो सेहराबन्धीपछि चड्ढाको जन्ती टिम ताजलेक प्यालेसबाट होटलको विलासी डुंगामा निस्कनेछ । सबै डुंगालाई शाही शैलीमा सजाइएको छ । त्यसपछि दुलाहा र जन्ती सीधै लीला होटल पुग्नेछन् । विवाह होटल लीला प्यालेसको मुख्य बगैंचामा हुनेछ । पञ्जाबी र राजस्थानी शैलीमा जन्तीलाई स्वागत गरिनेछ ।

स्थानीय प्रहरीले राघवको सुरक्षाका लागि मेवाड भिल कोर बिएमसीका ११ जना सिपाही पनि तैनाथ गरेको छ । विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान पनि सहभागी हुने जनाइएको छ । करण जोहर, वरुण धवन, सानिया मिर्जा, मनिष मल्होत्रा, कपिल शर्मालगायतका कलाकार पनि उदयपुर पुगेका छन् । अभिनेत्री प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा परिणिती र राघवका लागि सन्देश सेयर गरेकी छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?