Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन मुस्ताङबाट सुरु

काठमाडौं । अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन आइतबारदेखि मुस्ताङबाट सुरु भएको छ । मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट सुरु भएको छायांकन नेपाल र भारतका विभिन्न क्षेत्रमा ३५ दिनसम्म चल्नेछ । एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका पलको यो पहिलो औपचारिक फिल्म छायांकन हुनेछ । निर्देशक दिवाकर भट्टराईले नीलगिरि आसपासमा पलसहित दीपिका प्रसाईं र समिम खान फिचर्ड गीतको सुटिङ गर्दै छायांकन सुरु भएको बताए । रिहा भएपछि पनि पललाई फिल्ममा कमब्याक गर्न मुस्किल भइरहेको थियो । दिनेश राउतसँग उनले फिल्मबारे छलफल पनि गरेका थिए । तर राउतसँग पलले गर्ने फिल्म तत्काल नबन्ने बुझिएको छ ।

नीलगिरिमा खिचेपछि ‘मायावी’को बाँकी ९० प्रतिशत छायांकन पोखरा र भारतमा गर्ने योजना छ । फिल्ममा करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, सुशील सिटौला लगायतको समेत अभिनय हुनेछ । फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रुपमा जोडिएका छन् । यी दुई निर्मातासँग अन्य प्रोजेक्टमा पनि सहकार्यको तयारी भएको निर्देशक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?