Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन मुस्ताङबाट सुरु

काठमाडौं । अभिनेता पल शाहको ‘कमब्याक’ फिल्म ‘मायावी’को छायांकन आइतबारदेखि मुस्ताङबाट सुरु भएको छ । मुस्ताङको नीलगिरि हिमाल क्षेत्रबाट सुरु भएको छायांकन नेपाल र भारतका विभिन्न क्षेत्रमा ३५ दिनसम्म चल्नेछ । एक वर्ष लामो हिरासत बसाइपछि रिहा भएका पलको यो पहिलो औपचारिक फिल्म छायांकन हुनेछ । निर्देशक दिवाकर भट्टराईले नीलगिरि आसपासमा पलसहित दीपिका प्रसाईं र समिम खान फिचर्ड गीतको सुटिङ गर्दै छायांकन सुरु भएको बताए । रिहा भएपछि पनि पललाई फिल्ममा कमब्याक गर्न मुस्किल भइरहेको थियो । दिनेश राउतसँग उनले फिल्मबारे छलफल पनि गरेका थिए । तर राउतसँग पलले गर्ने फिल्म तत्काल नबन्ने बुझिएको छ ।

नीलगिरिमा खिचेपछि ‘मायावी’को बाँकी ९० प्रतिशत छायांकन पोखरा र भारतमा गर्ने योजना छ । फिल्ममा करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, सुशील सिटौला लगायतको समेत अभिनय हुनेछ । फिल्ममा चन्द्र पन्त र राज कटुवाल निर्माताको रुपमा जोडिएका छन् । यी दुई निर्मातासँग अन्य प्रोजेक्टमा पनि सहकार्यको तयारी भएको निर्देशक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?