Trending
>>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ? >>   हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की >>   पुरुषका यस्ता व्यवहार,जसले महिलालाई हुरुक्कै बनाउँछ >>   संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल >>   संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा >>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’


७ ,असोज ,धुलिखेल (काभ्रेपलाञ्चोक) । पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।

‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनौती र नमोबुद्धको महत्व धेरै रहेका कारण यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताए ।

शान्ति पयदात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै ठूलो महत्व रहने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सांसद एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति पदयात्रामा सहभागी सबैलाई उद्देश्य प्राप्तिमा पुर्याएको योगदानको प्रशंसा गरे ।

सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन कोशेढुङ्गा सावित हुने धारणा राखे ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पदयात्राले समाजमा सद्भाव स्थापित हुने विश्वास व्यक्त गरे । सो क्रममा उनले काभ्रेको सबैखाले विकासका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नमोबुद्धलगायत काभ्रेपलाञ्चोक जिल्ला र सिङ्गो मुलुकलाई नै यहाँको सद्भाव, शान्ति र समुन्नत समाज निर्माण गर्न सबैको साझा अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटकीय क्षेत्रको विकासका लागि जिल्लाका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्नमा थप सहयोग पुर्याउन आग्रह गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सबै क्षेत्रले पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको काभ्रेलाई केही गरौ भन्ने उद्देश्यले शान्ति पदयात्रा आयोजना गरेको बताए ।

शान्ति पदयात्रामा सहभागी काठमाडौँ कोटेश्वरका रवीन्द्र कर्मार्चायले नमोबुद्ध र पनैतीको ऐतिहासिक क्षेत्रको महत्वलाई थप उजागर गर्न र पर्यटन प्रवर्द्धनमार्फत यहाँको विकासमा पदयात्राले सहयोग पुग्ने बताए ।

पदयात्रासँगै साइकलयात्रामार्फत पर्यटन प्रवर्द्धनका लागि सहभागिता जनाएको विश्व सांस्कृतिक शान्ति पदयात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाका नागरिकको सहभागिता थियो ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?