Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

मृत अवस्थामा फेला


काभ्रे, बनेपा नगरपालिका-८ स्थित स्वास्थ चौकी भवन नजिकै सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय आशिष भन्ने एक बहादुर सार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

ताप्लेजुङ, आठराई त्रिबेणी गाउँपालिका-१ निगुरादिन बस्ने ५८ वर्षीय भीम बहादुर सार्की सोही ठाउँस्थित जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, ईन्द्रवती गाउँपालिका-१० होस्टेस्थित मध्य पहाडी लोकमार्ग निर्माणको गोल्डेन बुट शेर्पा कन्ट्रक्सन प्रालिमा स्टोर किपरको रूपमा काम गर्ने सोलुखुम्बु दुधगुण्डा नगरपालिका-४ फाप्लु बस्ने ४२ वर्षीय फुर्पा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, प्युठान नगरपालिका-८ खप्रेङखोला बस्ने ५८ वर्षीय टुकमान सार्की आफ्नै घर नजिक बारीको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी प्युठान, सरूमारानी गाउँपालिका-४ कुडुलेस्थित माडी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?