Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मृत अवस्थामा फेला


काभ्रे, बनेपा नगरपालिका-८ स्थित स्वास्थ चौकी भवन नजिकै सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय आशिष भन्ने एक बहादुर सार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

ताप्लेजुङ, आठराई त्रिबेणी गाउँपालिका-१ निगुरादिन बस्ने ५८ वर्षीय भीम बहादुर सार्की सोही ठाउँस्थित जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, ईन्द्रवती गाउँपालिका-१० होस्टेस्थित मध्य पहाडी लोकमार्ग निर्माणको गोल्डेन बुट शेर्पा कन्ट्रक्सन प्रालिमा स्टोर किपरको रूपमा काम गर्ने सोलुखुम्बु दुधगुण्डा नगरपालिका-४ फाप्लु बस्ने ४२ वर्षीय फुर्पा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, प्युठान नगरपालिका-८ खप्रेङखोला बस्ने ५८ वर्षीय टुकमान सार्की आफ्नै घर नजिक बारीको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी प्युठान, सरूमारानी गाउँपालिका-४ कुडुलेस्थित माडी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?