Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नागरिक सुनुवाई सम्पन्न


काठमाण्डौ: सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।

प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो । लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?