Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलायो


५ असोज,काठमाडौं ।  एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले २८ असोजमा आर्मी अफिसर्स क्लब भद्रकालीमा २६औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर र लाभांश लाग्ने कर प्रयोजनाका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको एकिकृत वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण लगायतका वित्तीय विरणहरु पारित गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनाका लागि १६ असोजदेखि २८ असोजसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार १५ असोजसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?