Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि


४ ,असोज ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ ।

आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ ।

आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक चार दशमलव ३८ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ । आज चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जसमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआईबीएल ग्रोड फन्डको शेयर मूल्य चार दशमलव ०७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १८ लाख ३६ हजार चार सय ८३ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार २३२ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?