Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा


४ ,असोज ,काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिका लाइ मन मै राख्ने र बिर्सन प्रयास गरिरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भावना व्यक्त गर्दै नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

उनले आज फेसबुक मार्फत भनेका छन् ‘राजा प्रतिको मेरो गुनासो, असन्तुष्टि आफ्नो ठाउँमा छ । तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तीका आमसञ्चार माध्यमहरू समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु । अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।’

थापाले राजाप्रतिको गुनासो आफ्नो ठाउँमा रहे पनि त्यसलाई गौण रूपमा लिने अभिव्यक्ति दिदै आन्दोलनमा जाने र हालको व्यवस्थाको विकल्प खोज्ने समेत बताएका छन।

 


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?