४ ,असोज ,लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आएका सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सलाहकार सदस्य तथा बिभिन्न टास्कफोर्समा काम गर्दै आईसीसी सदस्य भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् ।
शालिन स्वभावको दयानिधि निकै लोकप्रिय छन उने । उनको विचारलाई धेरैले निकै चासोका साथ लिएको पाइन्छ । संस्थामा महत्वपूर्ण योगदान गर्दै आएका र थप योगदान गर्न सक्ने दयानिधि जस्तो ब्यक्तीहरुलाई सबैले साझा उम्मेदवारको रुपमा रोज्नुपर्ने पनि संस्थाका अग्रज तथा अभियन्ताहरु बताउँछन् ।
प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार