Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रयोग नभएका तारजाली फिर्ता


जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले विपद् व्यवस्थापन तथा आकस्मिक कार्यको लागि निःशुल्क वितरण गरेको तारजाली आवश्यक ठाउँमा प्रयोग नगरिएका स्थानबाट फिर्ता ल्याउन थालेको छ । गत भदौ १६ देखि असोज २६ गतेसम्म डिभिजन कार्यालयमार्फत वितरण गरिएको तारजाली हालसम्म प्रयोग नभएका स्थानबाट फिर्ता ल्याउन थालिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयनमा आपत्कालीन कार्यक्रमअन्तर्गत नदी तथा खोलाको कटान नियन्त्रण, घर–बस्ती तथा सामुदायिक संरचनाको जोखिम संरक्षण, सिँचाइ कुलो क्षति न्यूनीकरणको लागि जिल्लाभर सात सय ४४ थान तारजाली वितरण गरिएको थियो । उक्त तारजाली लगेको पन्ध्र दिनभित्र ढुङ्गा भरिसक्न जनाएको प्रतिबद्धता हालसम्म पूरा नभएपछि फिर्ता ल्याउन थालिएको हो । “बर्खाको समयमा आएको बाढी–पहिरोबाट पुग्ने क्षतिलाई तत्कालै नियन्त्रण तथा न्यूनीकरण गर्न तोकिएको स्थानमा सम्बन्धित लाभग्राहीबाट ढुङ्गा भरेर जोखिम रोक्नलाई तारजाली उपलब्ध गराइएको थियो”, डिभिजन प्रमुख गुरागाईले भन्नुभयो, “जोखिम औँल्याइएको स्थानमा रोकथाम नगरी तारजाली थन्काइएको तथा अनाश्यक क्षेत्रमा प्रयोग गर्न खोजिएपछि दुरुपयोग हुनबाट जोगाउन फिर्ता ल्याउन थालिएको छ ।”

फिर्ता ल्याइएको तारजाली विपद्को उच्च जोखिम भएका स्थानमा जोखिम न्यूनीकरणको लागि उपयोगमा ल्याउने योजना बनाइएको छ । डिभिजन कार्यालयले विपद् व्यवस्थापन तथा आकस्मिक कार्यको लागि अघिल्लो वर्षको मौजुदासहित यो चालु आर्थिक वर्षमा रु १८ लाख ९२ हजारमा खरिद गरेकोसमेत गरेर जिल्लाभरलाई सात सय ४४ थान तारजाली निःशुल्क वितरण गरेको थियो ।


प्रकाशित मिति: १६ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?