Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

महासङ्घद्वारा दुई पत्रकारलाई आर्थिक सहयोग


३१ ,भाद्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दुई पत्रकारलाई आर्थिक सहयोग गरेको छ ।

महासङ्घले मिर्गाैला प्रत्यारोपण गराइरहेका महासङ्घ काठमाडौँ शाखाका सदस्य प्रेम तामाङ र ब्रेन ट्युमरबाट पीडित पत्रकार फणि महतलाई आज आर्थिक सहयोग गरेको हो ।

तामाङलाई महासङ्घ जापान शाखाबाट प्राप्त रु दुई लाख पाँच हजार पाँच सय ३० र महासङ्घ कुवेत शाखाबाट प्राप्त रु २५ हजार पाँच सय गरी रु दुई लाख ३१ हजार ३० महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले हस्तान्तरण गरे ।

यस्तै, पत्रकार महतलाई कोरिया शाखाबाट प्राप्त रु ५९ हजार पाँच सय २१, पाँचथर शाखाबाट प्राप्त रु ११ हजार, नवलपरासी शाखाबाट प्राप्त रु १० हजार र खोटाङ शाखाबाट २५ हजार तीन सय गरी रु एक लाख पाँच हजार आठ सय २१ उपलब्ध गराएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?