Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु


३१ भदाै, दाङ । दाङमा हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी १३ वर्षीय दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ५९१८ नम्बरको हाइसले रा १ ह ४४५९ को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भण्डारीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक पोख्रेलका अनुसार दुर्घटनामा अटो चालक तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी ५७ वर्षीय तिलबहादुर कार्की, तुलसीपुर उपमहानगरपालिका-६ डोक्रेना निवासी ११ वर्षीय वर्षा बस्नेत, उहाकी बहिनी ६ वर्षीया श्रृष्टि बस्नेत, सोही ठाउँ निवासी १८ वर्षीय अन्जु डाँगी छन् ।

यस्तै, अटोलाई ठक्कर दिने चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हाइस गाडीले पछाडिबाट अटोलाई ठक्कर दिँदा दुर्घटनामा भएको थियो ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?