Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु


३१ भदाै, दाङ । दाङमा हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी १३ वर्षीय दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिएका हुन् ।

उनका अनुसार नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ५९१८ नम्बरको हाइसले रा १ ह ४४५९ को अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका भण्डारीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक पोख्रेलका अनुसार दुर्घटनामा अटो चालक तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी ५७ वर्षीय तिलबहादुर कार्की, तुलसीपुर उपमहानगरपालिका-६ डोक्रेना निवासी ११ वर्षीय वर्षा बस्नेत, उहाकी बहिनी ६ वर्षीया श्रृष्टि बस्नेत, सोही ठाउँ निवासी १८ वर्षीय अन्जु डाँगी छन् ।

यस्तै, अटोलाई ठक्कर दिने चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हाइस गाडीले पछाडिबाट अटोलाई ठक्कर दिँदा दुर्घटनामा भएको थियो ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?