Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

डिआइजी सिंहद्वारा पदबाट राजीनामा


नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो ।

सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन।

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?