Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न समिति गठन


३१ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ ।

सहसचिव गौतमले पाँच सदस्यीय वार्ता समिति गठन गरिएको बताए । समितिले आन्दोलनरत नेपाल चिकित्सक संङ्लाई वार्तामा बोलाएको छ ।

डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरुले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् ।

चिकित्सकहरुले सुरक्षाको माग गर्दै आज अस्पताल र स्वास्थ्य संस्थाहरु ठप्प पारेका हुन् । यही भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र बिडारीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?