Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

यथास्थितिमा शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा


३१ भदाै, काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पारेका छन् । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उनले भने ।

‘केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस विषयमा एउटा सांसद भएको हिसाबले पनि म संसदमा कुरा उठाउनेछु,’ उनको भनाइ थियो । शिक्षा विधेयककै विरोध आफूहरूले नगर्ने र नगरेको स्पष्ट पार्दै त्यसभित्रका केही बुँदाहरू स्वीकार्य नहुने उनले जनाए ।

संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उनले जोड दिए । ‘संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि म शिक्षकहरूसँगै सङ्घर्षमा रहनेछु’, उनले भने । विधेयकका राम्रा पक्षहरूमा छलफल चलाउनु र नराम्रा पक्षहरूलाई सच्याएर अघि बढ्न उनले सरकारलाई सुझाव दिए ।

पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको सम्झँदै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताए । ‘विधेयक सच्चिएर आउँछ जस्तो लागेको थियो तर त्यस्तो देखिएन’, महामन्त्री शर्माले भने ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?