Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

यथास्थितिमा शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा


३१ भदाै, काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पारेका छन् । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उनले भने ।

‘केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस विषयमा एउटा सांसद भएको हिसाबले पनि म संसदमा कुरा उठाउनेछु,’ उनको भनाइ थियो । शिक्षा विधेयककै विरोध आफूहरूले नगर्ने र नगरेको स्पष्ट पार्दै त्यसभित्रका केही बुँदाहरू स्वीकार्य नहुने उनले जनाए ।

संविधानले दिएको अधिकार कुण्ठित गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उनले जोड दिए । ‘संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि म शिक्षकहरूसँगै सङ्घर्षमा रहनेछु’, उनले भने । विधेयकका राम्रा पक्षहरूमा छलफल चलाउनु र नराम्रा पक्षहरूलाई सच्याएर अघि बढ्न उनले सरकारलाई सुझाव दिए ।

पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको सम्झँदै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताए । ‘विधेयक सच्चिएर आउँछ जस्तो लागेको थियो तर त्यस्तो देखिएन’, महामन्त्री शर्माले भने ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?