Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपाली सेनाका बारेमा भन्दै नभनेको कुरामा विपक्षीहरूले हल्ला गरिरहेका छन् : स्वर्णीम वाग्ले


३१ भदाै, गोरखा । प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट कसैले गर्न नहुने बताएका छन् ।

शनिवार गोरखा सदरमुकाममा आयोजित पार्टीको गोरखा नगरपालिकाको भेला तथा आमसभालाई सम्बोधन गर्दै उनले सेनाको सम्बन्धमा आफूले बोल्दै नबोलेको विषयलाई उठाएर आफूविरुद्ध भ्रम फैलाउने षडयन्त्र भइरहेको समेत बताए ।

‘नेपाली सेनाका बारेमा भन्दै नभएको कुरा विपक्षीहरूले हल्ला गरिरहेका छन्, उनले भने, ‘सारा कुरा छोडेर देश बनाउनपर्छ भनेर होमिएका मान्छेहरूबाट त्यस्ता गैह्र जिम्मेवार कुराहरू आउँदैनन् ।’ डा.वाग्लेले सेनाको साँख जोगाउने काम सबैले गर्नुपर्नेमा समेत जोड दिए ।

‘नेपाल एकीकरणको बेलादेखि अभिछिन्न रूपमा जीवित रहेको एउटै मात्र संस्था नेपाली सेनाको हो, यसको साख जोगाउनुपर्छ कसैले मानमर्दन गर्नुहुँदैन, उनले भने, ‘भित्र केही सुधार गर्नुपर्ने कुराहरू छन् भने पनि प्रधानसेनापति मार्फत हामी राजनीतिककर्मीहरुले संसदबाट समन्वयात्मक ढङ्गले अगाडि लैजानुपर्छ ।’


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?