Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेपाली सेनाका बारेमा भन्दै नभनेको कुरामा विपक्षीहरूले हल्ला गरिरहेका छन् : स्वर्णीम वाग्ले


३१ भदाै, गोरखा । प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट कसैले गर्न नहुने बताएका छन् ।

शनिवार गोरखा सदरमुकाममा आयोजित पार्टीको गोरखा नगरपालिकाको भेला तथा आमसभालाई सम्बोधन गर्दै उनले सेनाको सम्बन्धमा आफूले बोल्दै नबोलेको विषयलाई उठाएर आफूविरुद्ध भ्रम फैलाउने षडयन्त्र भइरहेको समेत बताए ।

‘नेपाली सेनाका बारेमा भन्दै नभएको कुरा विपक्षीहरूले हल्ला गरिरहेका छन्, उनले भने, ‘सारा कुरा छोडेर देश बनाउनपर्छ भनेर होमिएका मान्छेहरूबाट त्यस्ता गैह्र जिम्मेवार कुराहरू आउँदैनन् ।’ डा.वाग्लेले सेनाको साँख जोगाउने काम सबैले गर्नुपर्नेमा समेत जोड दिए ।

‘नेपाल एकीकरणको बेलादेखि अभिछिन्न रूपमा जीवित रहेको एउटै मात्र संस्था नेपाली सेनाको हो, यसको साख जोगाउनुपर्छ कसैले मानमर्दन गर्नुहुँदैन, उनले भने, ‘भित्र केही सुधार गर्नुपर्ने कुराहरू छन् भने पनि प्रधानसेनापति मार्फत हामी राजनीतिककर्मीहरुले संसदबाट समन्वयात्मक ढङ्गले अगाडि लैजानुपर्छ ।’


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?