Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बाइडेनसँगको समस्या उनको उमेर नभई क्षमता रहेको ट्रम्पको भनाइ


३१ भदाै, एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेरभन्दा बढी अनपेक्षित सहयोगीको समर्थन प्राप्त भएको छ । डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता दोस्रो कार्यकालका लागि ‘धेरै बूढो’ नभएको बताएका छन् ।

सन् २०२४ को चुनावअघि बाइडेन ८२ र ट्रम्प स्वयं ७८ वर्ष पुग्नेछन् । राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे एनबीसीको ‘मीट द प्रेस’लाई दिएको अन्तर्वार्तामा पूर्व राष्ट्रपति ट्रम्पले ‘समस्या उमेरको नभई क्षमता’को रहेको टिप्पणी गरेका छन् ।

सर्वेक्षणले देखाएअनुसार दुई नेताबीचको उमेरको अन्तर सानो भए पनि अमेरिकीहरू बाइडेनको उमेरको बारेमा बढी चिन्तित छन्, एक सर्वेक्षणले सहभागी चारमध्ये तीन जनाले बाइडेनको दोस्रो कार्यकाल टिक्न सक्ने क्षमतामा शङ्का गरेको देखाएको छ ।

ट्रम्पले दोस्रो सबैभन्दा वृद्ध राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । अमेरिकी इतिहासमा सफल राष्ट्रपति रोनाल्ड रेगन आफ्नो कार्यकालको अन्त्यमा ७७ वर्षको थिए । तथापि, बाइडेनलाई काम गर्न धेरै ‘थकित’ पात्रको रूपमा ट्रम्पले चित्रित गरे ।

तर दोस्रो कार्यकालको अन्त्यमा ८२ वर्ष पुग्ने रिपब्लिकन नेता ट्रम्पलाई मार्ग प्रशस्त हुने सम्भावना छ । उनले एनबीसीसँग भने, “विश्वका केही महान् नेता ८० वर्ष नाघेका छन् म ८० वर्षको हाराहारीमा पुग्दैछु ।”

ट्रम्पले भने, “बाइडेन धेरै बूढो भइसकेका छैनन् । तर मलाई लाग्छ कि उनी ‘अक्षम’ छन्, र यो एक ठूलो समस्या हो ।” युवावस्थामा हडबडाउने समस्याबाट पार पाएका बाइडेनलाई अक्सर मौखिक समस्याका कारण खिल्ली उडाइएको छ ।

तर उनी सफा, शारीरिक रूपमा सक्रिय छन् , रक्सी पिउँदैनन् र प्रायः आफ्नो डेलावेयर घरमा सप्ताहान्तमा साइकल चढेर हिँड्छन् ।

डेमाक्र्याटहरूले बाइडेनलाई योग्यताको लागि पनि राम्रो मान्छन् । उनको प्रशासनले विवादहीन प्रदर्शन गर्नुलाई बाइडेनको सक्षमता मान्छन् । एक विशाल पूर्वाधार विधेयक, दशकौंमा सबैभन्दा ठूलो बन्दूक–सुरक्षा बिल, र बिल्ड ब्याक बेटर सामाजिक खर्च कार्यक्रमसहित प्रमुख कानूनहरू पारित गर्न उनले कानूनहको अध्ययन गरिरहेको बताइएको छ ।

बाइडेन विश्व मञ्चमा पनि सक्रिय रहँदै आएका छन् । वास्तवमा भियतनामको हालै सम्पन्न भ्रमणका क्रममा त्यहाँका ७९ वर्षीय कम्युनिस्ट नेताले मुस्कुराउँदै बाइडेनको सापेक्षिक युवावस्थाको प्रशंसा गरेका थिए ।

ट्रम्पले आफ्नो भागको लागि, वार्षिक शारीरिक प्रसङ्गमा ज्यादातर सकारात्मक अङ्क प्राप्त गरेका छन् । यद्यपि उनलाई अधिक वजन भएको व्यक्तिको रूपमा वर्गीकृत गरिएको छ र गल्फ खेल्नेबाहेक अन्य कुनै व्यायाम नगर्ने गरेको देखाएको छ । बाइडेनले जस्तै ट्रम्पले पनि रक्सी पिउँदैनन् ।

एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो उमेरले आफूलाई कुनै सरोकार नराख्ने बताउँदै आफ्ना आमाबाबुको आयु लामो रहेको उल्लेख गरेका छन् । उनले भने “त्यसैले आनुवंशिक रूपमा मेरो उमेर दीर्घ हुनु स्वभाविक कुरा हो ।”

सन् २०२० को राष्ट्रपतीय चुनावअभियानका क्रममा ट्रम्पले आफूले मानसिक तीक्ष्णताको परीक्षण गरेको भन्दै ‘आश्चर्यजनक’ नतिजा निकालेको बताएपछि उनको आफ्नै योग्यतामाथिको जोडको खिल्ली उडाइएको थियो ।

उनले भने, “मैले व्यक्ति, स्त्री, पुरुष, क्यामेरा, टिभी भन्ने शब्दहरू आफूले सम्झनु पथ्र्यो ।” उनले ती पाँच शब्दहरूको गर्व र बारम्बार उच्चारण गर्दा राजनीतिक प्रतिद्वन्द्वीहरूले खिल्ली उडाए र सामाजिक सञ्जालमा भाइरल भए । तैपनि, एनबीसीको साक्षात्कारमा गरिएको त्यो परीक्षणको एक स्पष्ट सन्दर्भमा ट्रम्पले भने, “मैले सबैलाई सहज बनाएँ । सबै ठीक गरेँ ।”


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?