Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै


३१ ,भाद्र ,खजुरा (बाँके) । बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताए ।

उनका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो । अस्पतालले उपचारका लागि आएका बिरामीमध्येबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ ।

साप्ताहिकरूपमा पठाउने गरिएको नमूनामा इन्फ्लुएन्जा देखिएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए । इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् ।

पछिल्लो एक सातादेखि इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामी बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ ।

“मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको सङ्क्रमण हो, यसलाई ‘फ्लू’ पनि भन्ने गरिन्छ, मौसम परिवर्तन हुने समयमा लाग्ने रुघाखोकी नै ‘इन्फ्लुएन्जा’ अर्थात् मौसमी फ्लू हो, इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ”, उनले भने, “यो निकै सङ्क्रामक हुन्छ, सङ्क्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ, बिरामी नजिक जानु नै पहिलो जोखिम हो ।”

परिवारको एक सदस्यबाट अरूमा, विद्यालय र होस्टलका विद्यार्थीमा एक–अर्कामा सर्ने जोखिम अत्यधिक हुन्छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।

अस्पतालमा अहिले दैनिक रुघाखोकीका बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डे बताउछन् । उनका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ ।

भेरी अस्पतालको बहिरङ्ग सेवामा जाँच गराउन आउनेमध्ये दैनिक ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिकांशमा इन्फ्लुएन्जा पुष्टि हुने गरेको छ । चिकित्सकका अनुसार इन्फ्लुएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् ।

नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको चिकित्सक बताउँछन् । फ्लूका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छन् ।

त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्नेजस्ता लक्षण देखिन्छ । फ्लू सङ्क्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको सङ्क्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ ।

फ्लूका लक्षण सामान्यतया सात दिनसम्म रहने र विस्तारै हराउँदै जाने चिकित्सक बताउँछन् । डा पाण्डेका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, कुपोषित बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरामीलाई फ्लूले बढी असर गर्दछ ।

विभिन्न किसिमका भाइरल सङ्क्रमणबाट जोगिन इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन उचित हुने उहाँको सुझाव छ । इन्फ्लुएन्जाविरुद्धको खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?