Trending
>>   सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुन : विचार गर्न राष्ट्रिय व्यवसायी महासंद्वारा सरकारको ध्यानाकर्षण >>   निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी >>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे >>   ‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’ >>   अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी >>   पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा >>   ‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’ >>   मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ >>   सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा >>   कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः काँग्रेस सांसद भण्डारी
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच बिहीबार भेटवार्ता हुँदै


३० भदाै, एजेन्सी । राष्ट्रपति जो बाइडेन र उहाँका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन् । आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् । विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थियो । यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै युक्रेनी समकक्षीसँग भेट्ने निश्चित भएको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?