Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच बिहीबार भेटवार्ता हुँदै


३० भदाै, एजेन्सी । राष्ट्रपति जो बाइडेन र उहाँका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन् । आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् । विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थियो । यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै युक्रेनी समकक्षीसँग भेट्ने निश्चित भएको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?