Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान


३० ,भाद्र ,चितवन । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् ।

यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए । रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् । जसमध्ये दुई जना फरक क्षमताका थिए ।

क्लबले ठूलो सङ्ख्यामा पहिलोपटक रक्तदान गर्ने वातावरण सिर्जना गरेको क्लबका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरमा रक्त सङ्कलन केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागेको बताए । सबै वडालाई वर्षमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको पनि उनले बताए ।

रगतको चरम अभाव भएको अवस्थामा मानवीय सेवामा जुटेकोमा रोटरीलाई उनले धन्यवाद दिए । न्यू क्यापिटल कलेज रत्ननगरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई रोट–याक्ट क्लब अफ रत्ननगर, इन्ट–याक्ट क्लब अफ स्काइराइडर, स्पाउस क्लब अफ रत्ननगर र इन्ट–याक्ट क्लब अफ न्यू क्यापिटल कलेजले सहयोग गरेका थिए ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गर्मी मौसममा रगतको कम भइरहेको अवस्थामा भएको ठूलो रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले यो वर्षको एकै दिन एकै ठाउँमा सबैभन्दा बढी रगत सङ्कलन भएको जानकारी दिए ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?