Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

एकै ठाउँमा ४१४ जनाले गरे रक्तदान


३० ,भाद्र ,चितवन । रोटरी क्लब अफ रत्ननगरले शुक्रबार पूर्वी चितवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा चार सय १४ जनाले रगत प्रदान गरेका छन् ।

यसअघि क्लबकै आयोजनामा चार सय पाँच जनाले रक्तदान गरेका थिए । रक्तदातामध्ये तीन सय ५२ पुरुष र ६२ जना महिला रहेका छन् । तीमध्ये दुई सय ३९ जना नयाँ रक्तदाता हुन् । जसमध्ये दुई जना फरक क्षमताका थिए ।

क्लबले ठूलो सङ्ख्यामा पहिलोपटक रक्तदान गर्ने वातावरण सिर्जना गरेको क्लबका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरमा रक्त सङ्कलन केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागेको बताए । सबै वडालाई वर्षमा तीन पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको पनि उनले बताए ।

रगतको चरम अभाव भएको अवस्थामा मानवीय सेवामा जुटेकोमा रोटरीलाई उनले धन्यवाद दिए । न्यू क्यापिटल कलेज रत्ननगरको प्राङ्गणमा आयोजित कार्यक्रमलाई रोट–याक्ट क्लब अफ रत्ननगर, इन्ट–याक्ट क्लब अफ स्काइराइडर, स्पाउस क्लब अफ रत्ननगर र इन्ट–याक्ट क्लब अफ न्यू क्यापिटल कलेजले सहयोग गरेका थिए ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । गर्मी मौसममा रगतको कम भइरहेको अवस्थामा भएको ठूलो रक्तदान कार्यक्रमले धेरै बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले यो वर्षको एकै दिन एकै ठाउँमा सबैभन्दा बढी रगत सङ्कलन भएको जानकारी दिए ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?