Trending
>>   सिरिया–लेबनान सीमामा यातायात सुचारु >>   इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट >>   गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास >>   स्पेनमा गोदाम विस्फोटमा ३ जनाको मृत्यु >>   क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन >>   ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग >>   आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार ,हेर्नुहोस आजको राशिफल >>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

कामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया


काठमाण्डौंः प्रशासन¸ व्यवस्थापन र विकास केन्द्र९कामाद०को आयोजनामाकामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। विगत २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कामाद जर्नललाई आगामी दिनमा थप परिष्कृतर परिमार्जन गरी अझ बढी स्तरीय¸ पठनीय¸सङ्ग्रहणीय र सबैको पहुँचयोग्य जर्नलका रूपमा अघि बढाउने सन्दर्भमा वरिष्ठ प्रशासन तथा व्यवस्थापनविद्¸ लेखक¸ समालोचक¸अनुसन्धानकर्मी तथा प्राज्ञिक व्यक्तित्वहरूबाट रचनात्मक सुझाव र सल्लाह सङ्कलन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता¸ पूर्व मन्त्री एवं वरिष्ठ व्यक्तित्व डा।मीनेन्द्र रिजालले कामाद जर्नलको प्रथम र पछिल्लो पटक प्रकाशित ३६ औँ अङ्क निदर्शन प्रस्तुति गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।उहाँले नेपालको प्रशासनिक र प्राज्ञिक वृत्तमा कामाद जर्नलको छुट्टै नाम र पहिचान रहेको कुरा बताउनु हुँदै यसले नेपाली समाजमा अनुसन्धानात्मक र स्तरीय विचारतथा लेखरचनाहरू सम्प्रेषण गरी प्रजातान्त्रिक, खुला शासकीय प्रबन्धर जनउत्तरदायी शासन प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुर्यााएको उल्लेख गर्दै कामाद जर्नलको निरन्तरताको लागि शुभकामना दिनुभयो।

कार्यक्रममा कामाद जर्नलका हालका प्रधान सम्पादक डा। प्रदीपप्रसाद उपाध्याय र पूर्व सम्पादक श्री जीवराज कोइरालाले कामादको विगतदेखि वर्तमानसम्मको विकास क्रमलाई संयुक्त रूपमा प्रस्तुत गर्नुभएको थियो भने कामादका पूर्व सम्पादकडाहीरामणि घिमिरेले कामाद पत्रिकाको गुणस्तर र पहुँच वृद्धि तथा बजार व्यवस्थापन लगायतका विषय तथा भावी कार्यदिशाबारेमा प्रस्तुति राख्नुभएको थियो। पूर्व सचिव श्री कृष्ण ज्ञवालीले प्रस्तुति र खुला छलफलको संयोजन र मोडरेसन गर्नुभएको थियो। लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले कामाद पत्रिका प्रशासन र व्यवस्थापन विषयमा अध्ययन गर्न चाहने सबैका लागि ज्ञानवर्द्धक पत्रिका रहेको बताउनुहुँदै यसलाई समयको परिवर्तनसँगै थप परिष्कार र परिमार्जन गर्दै अघि बढ्न आवश्यक रहेको कुरा बताउनु भयो। कामाद संस्था एवं लोक सेवा आयोगका पूर्व अध्यक्ष श्री उमेशप्रसाद मैनालीले कामाद पत्रिकामा पुराना लेखकहरूका साथसाथै नयाँ पुस्ताका लेखक तथा अनुसन्धानकर्मीहरूलाई प्रोत्साहित गर्नुपर्ने र उनीहरूका नवीन विषयका शोधमूलक लेखरचनाहरूलाई पनि समेट्दै अघि बढ्न उपयोगी हुने सुझाव दिनुभयो।

नेपाल सरकारका पूर्व मुख्य सचिव डा। विमल कोइरालाले पच्चीस वर्ष यात्रा पार गरिसकेको कामादले नेपाली पत्रिका जगतमा एउटा प्रतिष्ठा आर्जन गरिसकेको विचार व्यक्त गर्नुहुँदै यसलाई आगामी दिनमा अनुसन्धानमूलक वा फिचर आर्टिकल वा दुवैको मिश्रित स्वरूप के कस्तो रूपमा लैजाने हो छलफल गरेर अघि बढ्न सुझावदिनुभयो । पूर्व परराष्ट्र सचिव एवं राजदूत श्री मधुरमण आचार्यले कामाद जर्नल बौद्धिक समुदायमा एउटा प्रतिष्ठित पत्रिका रहेको कुरा बताउँदै यसलाई अनलाइनमा लैजान र आगामी दिनमा थिमाटिक अङ्क र फिचर आर्टिकल अङ्क गरी दुई किसिमले प्रकाशन गर्न मनासिब हुने सुझाव व्यक्त गर्नुभयो।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल,सचिव केवल भण्डारी, पूर्व सचिव श्री शारदाप्रसाद त्रिताल,यामकुमारी खतिवडा लगायतले विभिन्नव सुझावहरू राख्नुभएको थियो।

कार्यक्रममाउपस्थित अधिकांश सहभागीहरूले कामाद जर्नल प्रशासनिक तथा व्यवस्थापन क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने सबैका लागि अत्यन्त उपयोगी र महनीय पाठ्यसामग्री रहेको बताउँदै यसलाईआगामी दिनमा पनि निरन्तरता दिँदैअनलाइनमा लैजानुपर्ने, यसको पहुँच तथा पाठक समूह बढाउनुपर्ने, पत्रिकामा नयाँ लेखकका नयाँ र समसामयिक विषयलाई समावेश गर्नुपर्ने लगायतका रचनात्मक सुझावहरू दिनुभएको थियो।

कार्यक्रममा विभिन्नउ संवैधानिक अङ्गका अध्यक्ष तथा सदस्यहरू,नेपाल सरकारका विभिन्नउ मन्त्रालयका सचिव तथा पूर्व सचिवहरू¸ राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारीहरू¸ पूर्व राजदूतहरू¸ प्राध्यापक तथा निजामती एवं सार्वजनिक सेवाका विशिष्टव्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कामाद संस्थाका अध्यक्ष श्री डिल्लीप्रसाद शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममाकामादका सम्पादक समूहका सदस्य मनोज आचार्यले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।कार्यक्रमको सञ्चायलन कामाद जर्नलका सम्पादक समूहका सदस्य श्री प्रदीपकुमार कोइरालाले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापकीय पक्ष कामादका कार्यसमितिका पदाधिकारीहरू श्री दिव्यराज पोखरेल, कोषहरि निरौला र तेज कुमार केसीले मिलाउनु भएको थियो।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?