Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक


२९ ,भाद्र ,काठमाडौँ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् ।

त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन् ।

त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन् । एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालको समूहमा माल्दिभ्स र मङ्गोलिया रहेका छन् । यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।

नेपालबाट कूल दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्नेछ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?