Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पार्टी विरुद्दकाे अनर्गल प्रचारहरुको खण्डन गरौं, तथ्यमा आधारित कुरा गरौ : प्रकाशमान सिंह


काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी विरूद्दकाे अनर्गल प्रचारकाे खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

उनले क्षेत्रीय सम्मेलनकाे मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताए । ` नेपाली कांग्रेस २००३ सालमा स्थापना भए यता विभिन्न क्रान्तिहरु गरेर, जनताको बिचमा लोकप्रिय पार्टी पाउछाैं । गौरवपुर्ण ईतिहास बोकेको पार्टी, प्रजातन्त्र ल्याउन, जनताको अधिकार प्राप्तिको लागि गरेको काम बिर्सिन सकिन्न । वर्तमान समयमा जन्ताकाे समस्या के छ ? त्यता तिर ध्यान केन्द्रित गर्न आवश्यक छ ,´समेत बताउनु भयकाेछ
पार्टीको विचार सिद्धान्तबारे जानकारहरुलाई ल्याएर प्रशिक्षण गर्नु आवश्यक रहेकाे पनि उनले बताए । सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहकाे भन्दै उनले कार्यकर्ताहरु, पदमा रहेकाले अधिकार मात्र होइन जिम्मेवारीबोध नि गर्नुपर्नेमा जाेड दिए ।
`गणेशमान सिंह जिको बसाेबास रहेकाे क्षेत्र, जन आन्दोलनको केन्द्र रहेको ठाउ आज हाम्रो अवस्था कस्तो छ ?
गठबन्धन किन गर्नुपर्यो त्यसको अवस्था बारे बुझ्न जरुरी छ,´ उनले भने, `क्राइसिस मेनेज गर्न गठबन्धन गर्नु परेको कुरालाई नबिर्सिउ । हाम्रो चासाे के हो ? नेपाली काग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई संस्थागत गर्नको लागि राजनीतिक मुभ गरेको कुरालाई आत्मसाथ गर्नुपर्छ ।´कार्यक्रममा काठमाडौ सभापति सबुझ बानिया लगायत ले आफ्नाे धारणा राख्नु भयकाे थियाे।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?