Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

पार्टी विरुद्दकाे अनर्गल प्रचारहरुको खण्डन गरौं, तथ्यमा आधारित कुरा गरौ : प्रकाशमान सिंह


काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी विरूद्दकाे अनर्गल प्रचारकाे खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

उनले क्षेत्रीय सम्मेलनकाे मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताए । ` नेपाली कांग्रेस २००३ सालमा स्थापना भए यता विभिन्न क्रान्तिहरु गरेर, जनताको बिचमा लोकप्रिय पार्टी पाउछाैं । गौरवपुर्ण ईतिहास बोकेको पार्टी, प्रजातन्त्र ल्याउन, जनताको अधिकार प्राप्तिको लागि गरेको काम बिर्सिन सकिन्न । वर्तमान समयमा जन्ताकाे समस्या के छ ? त्यता तिर ध्यान केन्द्रित गर्न आवश्यक छ ,´समेत बताउनु भयकाेछ
पार्टीको विचार सिद्धान्तबारे जानकारहरुलाई ल्याएर प्रशिक्षण गर्नु आवश्यक रहेकाे पनि उनले बताए । सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहकाे भन्दै उनले कार्यकर्ताहरु, पदमा रहेकाले अधिकार मात्र होइन जिम्मेवारीबोध नि गर्नुपर्नेमा जाेड दिए ।
`गणेशमान सिंह जिको बसाेबास रहेकाे क्षेत्र, जन आन्दोलनको केन्द्र रहेको ठाउ आज हाम्रो अवस्था कस्तो छ ?
गठबन्धन किन गर्नुपर्यो त्यसको अवस्था बारे बुझ्न जरुरी छ,´ उनले भने, `क्राइसिस मेनेज गर्न गठबन्धन गर्नु परेको कुरालाई नबिर्सिउ । हाम्रो चासाे के हो ? नेपाली काग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई संस्थागत गर्नको लागि राजनीतिक मुभ गरेको कुरालाई आत्मसाथ गर्नुपर्छ ।´कार्यक्रममा काठमाडौ सभापति सबुझ बानिया लगायत ले आफ्नाे धारणा राख्नु भयकाे थियाे।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?