Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग


२९ भदौ, धादिङ । सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिएका छन् ।

सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको हो भन्दै उहाँले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने बताए ।

शुक्रबार गृह जिल्ला धादिङ पुगेका सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा भने, “सरकारले चासो र ग्यारेन्टी लिन पर्यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन । ”

मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उनले समय गुज्रँदै जाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएको बताए ।

“बूढीगण्डकीलगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो । तर भाषणमै  सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ । त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ,” सांसद अर्यालले भने,“ धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी  छ ।”


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?