Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

मेयर बालेन ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा पर्न सफल


२८ भदाै, काठमाडाैँ । विश्कै प्रतिष्ठित टाइम म्यागेजिनले विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर बालेन्द्र  शाह(बालेन)लाई पनि छनोट गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची सार्वजनिक गर्न थालेको हो ।

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका एक सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु छन् ।

२०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ ।

त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?