Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मेयर बालेन ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा पर्न सफल


२८ भदाै, काठमाडाैँ । विश्कै प्रतिष्ठित टाइम म्यागेजिनले विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर बालेन्द्र  शाह(बालेन)लाई पनि छनोट गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची सार्वजनिक गर्न थालेको हो ।

म्यागेजिनले हरेक वर्ष विभिन्न ६ विधालाई समेटेर विश्वका एक सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्छ । त्यसमा वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्षयात्रीसहितका व्यक्तिहरु छन् ।

२०७९ वैशाखको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका स्ट्रक्चरल इन्जिनियर ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको लेखेको छ ।

त्यसैको परिणामस्वरुप देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारहरुले अनुभवी राजनीतिज्ञहरुलाई पराजित गर्न सफल भएको जनाएको छ । २०७९ बैशाखमा भएको स्थानीय तह चुनावमा शाह ६३ हजारभन्दा बढी मत प्राप्त गरि विजयी भएका थिए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?